इगल हन्टर म्यानपावरका सञ्चालक पक्राउ

२०७६ असार २० गते, शुक्रबार

काठमाडौं, २० असार । सामाखुसीको टाउन प्लानिङस्थित इगल हन्टर ओभरसिज सर्भिसेज प्रालिका सञ्चालक छविलाल कुमार राईलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई ४ करोडौ रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जद्वारा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। वृतका डिएसपी फणिन्द्र प्रसाईका अनुसार राईले सिसेल्स र माल्टामा रोजगारी मिलाइदिने भन्दै ४ करोड बढी ठगी गरेको उजुरी परेको हो। सोही आधारमा उनलाई पक्राउ गरिएको उनले बताए। उनले भने, उजुरीपछि फरार रहेका राईलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो।
सिसेल्सको जेल गार्डमा लगाउने भन्दै उनले सयौं युवाबाट लाखौं रुपैयाँ असुलेका थिए। पैसा असुलेर विदेश नपठाएपछि पीडितहरुले प्रहरीमा उजुरी दिएका थिए।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु