इँटा उद्योगका सुपरभाइजरको हत्या

२०७५ मंसिर ५ गते, बुधबार

काठमाडौं, ५ मंसिर । सुनसरीको दुहबीमा अज्ञात समूहको गोली लागेर स्थानिय बाबा इँटा उद्योगका म्यानेजरको मृत्यु भएको छ । बुधबार बिहान दुहबी नगरपालिका-९ मा रहेको जय बाबा इँटा उद्योगका सुपरभाइजर ५४ वर्षीय फिदा हुसेनको गोली प्रहारबाट हत्या भएको हो।मोटरसाइकलमा आएका अज्ञात समूहले मर्निङवाकमा निस्किएका हुसेनमाथि गोली प्रहार गरेको थियो । अज्ञात समूहले हानेको गोली लागी घाइते भएको हुसेनलाई उपचारको लागि नोबेल अस्पताल, विराटनगर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जानएकाे छ। हुसेनमाथि कसले र किन गोली हान्यो भन्ने खुलेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको जनाएको छ । हुसेनको शव अहिले उनकै निवासमा राखिएको छ । अहिले हुसेनका समर्थकले दुहबी बजार क्षेत्रमा नाराबाजी गर्दै कोशी राजमार्ग तथा दुहबीबजार ठप्प पारेका छन् । घटनाबारे अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए । मृतक हुसेन दुहबी नगरपालिका–९ का वडाध्यक्ष एवं नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नं ३ का सभापति मेहदी हुसेनका भाइ हुन् । केही दिन अगाडि सुनसरीको रामनगर भुटाहाका खुर्सीद अन्सारीको समेत भारतबाट आएको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

तराईमा ‘लू’ को सम्भावना !

२०८१ बैशाख ११ गते, मंगलवार