आसोनकन सम्मेलन सुरु हुदै

२०७३ मंसिर १९ गते, आईतवार

काठमाडौँ, १९ मङ्सिर । नेपाल आर्थोस्कोपी सङ्घले काठमाडौँमा पहिलोपटक ‘आसोनकन २०१६’ आयोजना गर्न लागेको छ । सम्मेलनले नेपालका आर्थोपेडिक सर्जनलाई विभिन्न देशबाट आएका विशिष्ठ अर्थोपेडिक सर्जनबाट अनुभव, ज्ञान र सीप सिक्ने अवसर प्रदान गर्नुका साथै नेपालका अर्थोपेडिक सर्जनको अनुभव, ज्ञान, सीप र दक्षता विश्वसामु चिनाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । आज देखि २१ गतेसम्म हुने तीनदिने सम्मेलनमा नेपाललगायत अमेरिका, फ्रान्स, इटली, टर्की, स्पेन, स्लोभानिया, जापान, फिलिपिन्स, थाइल्यान्ड, भारत, बङ्गलादेशलगायतका विभिन्न ११ देशका ३०० जनाभन्दा बढी आर्थोस्कोपिक सर्जनको सहभागिता रहने बताइएको छ ।
सम्मेलनले (स्पोर्टस् मेडिसिन) खेलकुदका समयमा हुने चोटपटकको उपचारका क्षेत्रमा उल्लेख्य सुधार आउने र नेपालको स्पोर्टस् मेडिसिनका क्षेत्रमा नयाँ आयाम थपिने नेपाल अर्थोस्कोपी सङ्घका अध्यक्ष डा चक्रराज पाण्डेले जानकारी दिए ।

प्रतिक्रियाहरु