‘आलोपालो गरेर प्रधानमन्त्री बनाउन हुन्न ‘

२०७४ फाल्गुन ७ गते, सोमबार

काठमाडौं, ७ फागुन । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आलोपालो गरेर प्रधानमन्त्री बनाउन नहुने बताएका छन् । पार्टी एकतापछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री पदमा आलोपालो गर्ने सहमति भएको चर्चाप्रति टिप्पणी गर्दै उनले प्रधानमन्त्रीमा पालो प्रणाली लगाउन नहुने बताएका हुन् । रौतहटको गौरस्थित आफ्नै निवासमा सोमबार पत्रकारसँग कुरा गर्दै नेता नेपालले बहुमतका साथ बन्ने सरकारलाई ढुक्कसँग काम गर्न दिनुपर्ने बताए । नेता नेपालले पार्टी एकीकरणपछि दुईजना अध्यक्ष बन्ने अवस्था आएपनि दुवैजनालाई सहअध्यक्ष राख्न सकिने धारणा व्यक्त गरे । नयाँ सरकारले पूर्णता पाएपछि देशमा विकासले गति लिने उनको भनाइ थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु