आर्यघाटमा दर्दनाक दृश्य

२०७२ बैशाख १४ गते, सोमबार

काठमाडौं, बैशाख १४ । महाभुकम्पबाट मृत्यु भएका व्यक्तिहरुको शवका कारण पशुपति आर्यघाटको दृष्य कारुणिक र दर्दनाक देखिएको छ । महाभुकम्पका कारण मृत्यु भएकाहरुको शव जलाउन पुशपति आर्यघाटमा पालो नै कुर्ने पर्ने अवस्था बनेको छ । पशुपति क्षेत्र विकास कोषमा मौज्दातमा रहेको दाउरा, पराल, घ्यूको अभाव भएको छ । शव जलाउने स्थान अभाव भएपछि बागमतीको बीच भागमै चिता बनाएर शव जलाइएको छ । सबै स्थानमा शव जलाउँदासमेत स्थान अभाव भएपछि कतिपय शव जलाईको पर्खाइमा भुईंमा त्यत्तिकै लाइन लगाएर राखिएको छ । पशुपति क्षेत्रको शव जलाउने स्थान आसपासमा आफन्तजनको रुवाबासी देखिन्थ्यो ।
काठमाडौंमा निधन भएका र बाहिरबाट उपचारका लागि ल्याइएका थुप्रै शव पशुपति पु¥याउने क्रम जारी छ । अस्पतालहरुबाट शव लानका लागि सवारी साधनको समेत अभाव भएको बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु