आर्थिक ऐन संशोधन

२०७६ कार्तिक २५ गते, सोमबार

काठमाडौँ , २५ कार्तिक । सरकारले विदेशबाट फर्किएका हवाई यात्रुले ल्याउने सुन तथा सुनको गहनामा भन्सार महसुल दर बढाएको छ । पछिल्लो समय सुन आयातमा तस्करी बढेपछि सरकारले आर्थिक ऐन संसोधन गरी यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावलाई सम्बोधन गर्दै सुनमा नयाँ भन्सार महसुल दर निर्धारण गरेको हो । आर्थिक ऐन संसोधनपछि सुनको भन्सार महसुलमा करिब २१ प्रतिशतले वृद्धि भएको छ ।
सरकारले निर्धारण गरेको नयाँ भन्सार दरअनुसार विभिन्न मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० ग्रामसम्म सुन ल्याउने हवाई यात्रुले प्रति १० ग्राम ७ हजार पाँच सय रुपैयाँका दरलेभन्सार महसुल तिर्नुपर्ने हुन्छ । – मधुजग पाण्डे, राजधानी दैनिक

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार