आरोग्य फाउन्डेशन र निदान अस्पताल सिल

२०७७ बैशाख ३१ गते, बुधबार

काठमाडौं, ३१ बैशाख । ललितपुरको पुल्चोकस्थित आरोग्य फाउन्डेशनमा कार्यरत एक नर्समा कोरोना संक्रमण पुष्टि भएपछि बुधबार विहान एउटै भवनमा रहेका आरोग्य फाउन्डेशन र निदान अस्पतालमा सिल गरिएको छ । आरोग्य फाउन्डेशनका कोरोना संक्रमित ती नर्स ३ दिन अगाडि सुनसरीको झम्काबाट काठमाडौं आएकी थिइन् । उनलाई लिनका लागि आरोग्य केन्द्रका ड्राइभर र अर्का एक सहयोगी गएका जानकारी गराइएको छ । उक्त अस्पतालमा मिर्गौलाको डायलासिसको उपचार गर्ने गरिन्थ्यो । अहिले कोरोना संक्रमित ती नर्सलाई टेकु अस्पतालमा भर्ना गरिएको छ । सुनसरीबाट मोटरसाइकल चढेर ती महिला बैशाख २९ गते भक्तपुरको नयाँठिमीस्थित साथीको डेरामा आइपुगेकी जानकारी गराइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु