‘आमा’ शीर्षकको कबिता प्रतियोगिता सम्पन्न

२०७४ पुष १३ गते, बिहीबार

काठमाडौं, १३ पुस । सस्टाहरुको बगैचा समुहबाट सहभागी सदस्यहरुमा आमा शीर्षकमा आयोजना गरिएको कबिता प्रतियोगिता सम्पन्न भएको छ । छ जना प्रतियोगीका कबिता मध्यबाट प्रथम , द्वित्तीय र तृतीयलाई बिशेश उपहारको ब्यबस्था गरिएको थियो । उक्त प्रतियोगितामा समुहका सदस्य अम्बिका भण्डारी र गिता सुबेदी निर्णायक रहेका थिए । प्रतियोगितामा अम्बिका कार्की अम्बु प्रथम , गमिता राई द्वित्तीय र भबानी तिम्सिना न्यापाने तृतीय भएकी छिन । ४६ जना कवियत्रीहरुको उक्त समुहको संचालन लघुकथाकार राजु क्षेत्री अपुरोले गरेका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतिय हुने प्रतियोगीहरूलाई उपहार स्वरूप पुरस्कारको समेत ब्यवस्था गरिएको थियो । पुरस्कारको ब्यवस्था साहित्यकार एवंम लोक गायिका अम्बिका भण्डारिले गरेकी हुन् ।
प्रथम :
१) आफ्नै गाउँ आफ्नै हुन्छ खण्डकाव्य १
२)तेस्रो पाइला कविता सङ्ग्रह१
३)आमाको सम्झना एल्बम A
द्वितीय :
१)आफ्नै गाउँ आफ्नै हुन्छ खण्डकाव्य १
२)आमाको सम्झना एल्बम A
तृतीय :
१) तेस्रो पाइला कविता सङ्ग्रह १ पुरस्कार स्वरुप प्राप्त गरेका छन ।

प्रतिक्रियाहरु