‘आमासँग प्रहरी’ कार्यक्रम सुरु

२०७४ फाल्गुन २८ गते, सोमबार

काठमाडौं, २८ फागुन । जिल्ला प्रहरी कार्यालय म्याग्दीले सामाजिक विकृति, विसंगति र अपराध न्यूनीकरण गरी सुरक्षित समाज निर्माणका लागि भन्दै म्याग्दीमा ‘आमासँग प्रहरी’ कार्यक्रम सुरु गरेको छ । १ सय ८औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसर पारेर जिल्ला प्रहरी कार्यालय म्याग्दीले ‘आमासँग प्रहरी’ कार्यक्रम सुरु गरेको हो । सिविन नेपाल म्याग्दी र संगम म्याग्दीको समन्वयमा म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरबाट कार्यक्रम सुरु गरिएको हो ।
सामाजिक सुरक्षा, अपराध नियन्त्रण र रोकथाम, समाजमा भएका आपराधिक घटनाको अनुसन्धान गरी अपराधीलाई सजाय र पीडितलाई न्याय दिलाउन कार्यक्रम गर्न लागिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक वसुन्धरा खड्काले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

तराईमा ‘लू’ को सम्भावना !

२०८१ बैशाख ११ गते, मंगलवार