आमाको मन र प्रतिबद्धता (सन्दर्भ : बेपत्ता योद्धा दिवस ) – शान्ता भण्डारी

२०७७ जेष्ठ ७ गते, बुधबार

फुलबारिमा भमरा घुमिरहेछ
न्याउली चरी न्याओ न्याओ गाइरहेछ।
काफल्पाक्यो डाली डाली नाचिरहेछ
कोइली चरी को हो को हो बोलाइरहेछ ।

तर मेरो मन किन रम्न सकेन
प्रकूतिको सङ्गितमा जम्न सकेन?
के खोजेको मेरो मनले खोल्दै खोलेन
कसलाई हेर्नखोजेको हो वोल्दै बोलेन।

भोक छैन अन्न पानी हेर्नसक्दिन
जाडो हुदा घाम्मा पनि वस्न सक्दिन
गर्मिहुदा सितलमा रम्न सक्दिन
मेरो मनले के खोजेको भन्नै सक्दिन।

देखे अनि भोगे पनि बन्दुक वारुद
नाकावन्दी भुकम्पको क्षेत बिक्षत
हैजा अनि इनुफुन्जा कोरोनाको डर
मलाई देख्दा किन होला भाग्छ्न परपर ।

आए गए हिउद बर्षा शिशिर वसन्त
आए गए दसै तिहार इद कृसमस
कतै पनिअल्झीएन रोकिएन मन
कुनै कतै घट्नाले सकेन नि छुन ।

सत्ता रैछ चील सरि दुष्ट अपराधी
छोराछोरी खोसि लाने कस्तो रैछ पापि
चील रुपि सत्ताले झुक्याइ लग्यो चल्ला
चिलसङ्ग चल्ला फिर्ता मागेर के देला ?

चाहिदैन धोकेबाज टाउको बेच्ने नेता
खबरदार अपराधी टाउको किन्ने नेता
बेच्ने किन्ने उस्तै उस्तै सब्ले चिनिराखौ
हिसाब किताब पानीमुनी गएनी नछोडौ।

कहाँ राख्यौ हाम्रा सन्तान को कता पठायौ
मार्यौ कि त जिउदै छन ती को कता लुकायौ
आट छ भने हाम्रा सामु आएर भनन
हाम्रा सन्तान जनयुद्धमा कि लाग्दै लागेनन?

खोलो तर्यो लौरो बिर्स्यो अवसरबादी नेता
रगतको फाल्सा माथी अपराधिको सत्ता
कति दिन टिक्लाउ नि त कति ब्याज खाउला
साहु ब्याज एकैचोटी तिर्दा थाहा पाउला ।

प्रतिक्रियाहरु