आमरण अनशन बसेका जीडीको निधन !

२०७५ आश्विन २६ गते, शुक्रबार

काठमाडौं , २६ असोज । भारतमा गंगा नदीको स्वच्छता र रक्षा अभियानमा सक्रिय पर्यावरणविद जीडी अग्रवाल (स्वामी सानन्द) को निधन भएको छ । विगत ११२ दिनदेखि आमरण अनशन बसेका उनको अनशनकै क्रममा निधन भएको छ । उनले गत बुधबारदेखि जलसमेत त्यागेका थिए । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमै उनको निधन भएको हो । गंगाको स्वच्छताका लागि उनले बारम्बार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष गुहार मागेका थिए । कयौं पटक उनले पत्रमार्फत मोदीको ध्यानाकर्षण गराए । आफ्ना माग सुनुवाई नभएको भन्दै उनी अनशन बसेका थिए । उनले गंगा नदीमा विद्युत परियोजना सञ्चालन गर्ने सरकारी योजनाको विरोध गर्दै आएका थिए । उनका माग पुरा नगरेका मोदीले निधनमा भने दुःख व्यक्त गरेका छन् ।
ट्वीट गर्दै उनले लेखेका छन्, ‘श्री जीडी अग्रवालजीको निधनबाट दुःखी छु । शिक्षा, पर्यावरण, विशेष रुपमा गंगाको सफाईका दिशामा उहाँको लगाव सदैव याद गरिनेछ, मेरो श्रद्धाञ्जलि ।’

प्रतिक्रियाहरु