आफन्त नहुँदाको पिडा

२०७२ श्रावण १२ गते, मंगलवार

काठमाडौ, १२ साउन । धनकुटा नगरपालिका ४ स्कूल डाँडाकी ऐतमाया मग्रातिको ७० बर्षको उमेरमा समेत नागरिकता बन्न सकेको छैन ।नागरिकता बनाइदिन सनाखत गर्ने आफन्त कोही बाँकी नरहँदा उनको नागरिकता बन्न नसकेको हो । सबै आफन्त गुमाएकी ऐतमाया नागरिकता नबनेकै कारण बुढेसकालमा राज्यबाट पाउने सबै सेवा सुबिधाबाट बञ्चित बनेकी छन् । सात बर्षको उमेरमै बिवाह भएको उनी श्रीमान्ले अर्को बिवाह गरेपछि माईतमै बस्दै आएकी छिन् । आफन्त रहुञ्जेलसम्म नागरिकता अवश्यक नपरे तर नागरिकता चाहिँने बेलामा सनाखत गरिदिने कोही नरहेको दुखेसो उनले पोखिन् ।
उच्च रक्तचाप र दमको समस्याबाट पीडित उनलाई औषधी त परैको कुरा दैनिक छाक टार्न समेत समस्या परेको छ । नागरिकता बने सामाजिक सुरक्षा भत्ताबाट केही सहज हुने उनले बताइन् । पटक पटक बिभिन्न ठाउँमा उनका बारेमा कुरा राखेपनि कसैले चासो नदिएको छिमेकीहरुले जनाएका छन् । माइतमा एक्लै रहेकी उनी छिमेकीले दयाले दिएकोबाट आफ्नो एक छाक खानाबाट दैनिकी चलाउँदै आएकी छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

पेस्तोलसहित एकजना पक्राउ

२०८० चैत्र १६ गते, शुक्रबार

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार