आप्रवासी सवार डुंगा डुब्यो

२०७३ चैत्र ११ गते, शुक्रबार

काठमाडौ, ११ चैत । भूमध्यसागर हुँदै युरोप प्रवेश गर्न खोज्ने २ सय ४० जना आप्रवासी चढेको डुंगा समुद्रमा डुबेको छ । स्पेनको प्रोएक्टिवा ओपन आम्र्स नामक एक सहायता दलले लिबियाको तटीय क्षेत्रमा यी आप्रवासी चढेको टुंगा डुबेको जनाएको हो । सहायता दलले अहिलेसम्म समुद्रबाट पाँच जनाको शव निकालेको जनाएको छ । मानव तस्करले डुंगामा क्षमताभन्दा बढी आप्रवासीलाई लिएर गइरहेका बेला डुंगा डुबेको हो । अघिल्लो वर्ष युरोप प्रवेश गर्न खोज्ने आप्रवासी चढेका डुंगा दुर्घटना हुँदा ५ हजारभन्दा बढीको मृत्यु भएको थियो । – एजेन्सी

प्रतिक्रियाहरु