आप्रवासी नियन्त्रणका लागि ट्रयाकिङ सिस्टम विकास गर्छु : डोनाल्ड ट्रम्प

२०७३ भाद्र १२ गते, आईतवार

काठमाडौं, १२ भदौ । अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन उम्मेद्वार डोनाल्ड ट्रम्पले आप्रवासी नियन्त्रणका लागि आफूले ट्रयाकिङ सिस्टम विकास गर्ने बताएका छन् । आयोवा राज्यमा चुनावी अभियानलाई सम्बोधन गर्दै ट्रम्पले मुलुक भित्रिने र बाहिरिनेको राम्रो रेकर्ड राखिने भन्दै यसबाट भिसाको म्याद सकिएर पनि बस्नेहरुलाई पत्ता लगाउन सकिने बताए ।
दक्षिण मेक्सिकोमा पर्खाल ठड्याइने पनि उनले फेरि दोहो¥याए । अवैध आप्रवासीलाई सामाजिक कल्याणबाट दिइदै आएको सुबिधा पनि कटौती गर्ने ट्रम्पले प्रष्ट गरे । मेक्सिकोको सीमामा ठूलो पर्खाल उभ्याइने, देशव्यापी रुपमा ई–भेरिफाई गर्ने संस्था स्थापना गरिने र अवैध आप्रवासीले पाउँदै आएको सुबिधा कटौती गर्ने योजना उनले सुनाए । अमेरिकामा सवा करोडभन्दा बढी आप्रवासी अवैध रपमा बसिरहेको अनुमान छ । – एजेन्सी

प्रतिक्रियाहरु