आन्तरिक उडानमा ५० प्रतिशतले कटौती

२०७२ कार्तिक २२ गते, आईतवार

काठमाडौं, २२ कार्तिक। नाकाबन्दीको कारण हवाई इन्धनको अभाव भएपछि आजवाट आन्तरिक उडानमा ५० प्रतिशतले कटौती गरिएको छ । अहिले दैनिक रुपमा आन्तरिक रुपमा उडान भरिरहेका दुई सयमध्ये एक सयवटा जति उडान कटौती हुने भएको हो । विमानस्थल डिपो प्रमुख प्रदिप यादवका अनुसार हवाइ इन्धनमा कमी हुँदा आन्तरिक उडानमा कटौती गर्नु परेको हो । आज नेपालगञ्ज, भैरहवा, धनगढी, लुक्ला, लामीडाँडा, फाप्लु लगायतको क्षेत्रमा भने केही कटौती गरिएको हो । आन्तरिक उडान गरिरहेका बुद्ध, यती, सिम्रिक र तारा एअरले विभिन्न गन्तव्यका ५४ वटा उडान रद्द गरेको ती कम्पनीहरुले जनाएका छन् । आज पनि निगमले तेल दिन नसके भोलिको उडान पनि प्रभावित हुने बताइएको छ ।

प्रतिक्रियाहरु