आनको अध्यक्षमा श्रेष्ठ

२०७१ पुष ४ गते, शुक्रबार

काठमाडौं । नेपाल विज्ञापन संघ (आन)को १५औं अधिवेशनबाट सन्तोष श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् । उनले संघको विहीबार भएको निर्वाचनमा १३७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी रविन्द्रकुमार रिजालले ११८ मत पाएका छन् ।यस्तै, उपाध्यक्षमा मोहम्मद अख्तर र उदय शाक्यले बराबर १२७/१२७ मत प्राप्त गरेका छन् ।महासचिवमा नारायणकुमार श्रेष्ठ, सचिवमा धीरज लामिछाने, कोषध्यक्षमा यादवकुमार श्रेष्ठ, सहसचिवमा यमुना पौडेल निर्वाचित भएका छन् ।पंकज प्रधान, मुना श्रेष्ट, रोशन प्रसाइँ, सालिकराम घिमिरे, निनु राजभण्डारी, रमेश पुरी ‘आन’को सदस्यमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु