आधारभूत तहको शिक्षा अनिबार्य

२०७१ आश्विन ५ गते, आईतवार

काठमाडौ, ५ असोज । अबदेखि सरकारी सेवा सुविधा लिन अनिवार्य रुपमा आधारभूत तहको शिक्षा (कक्षा ८ उत्तीर्ण) हुनैपर्ने प्रावधान लागू गरिएको छ । आधारभूत तहको शिक्षा उत्तीर्ण नगर्ने व्यक्तिलाई सरकारी सेवासुविधा नदिनुका साथै सरकारी जागिर खानबाट पूर्ण रुपमा बञ्चित गरिने संशोधित ऐनमा उल्लेख गरिएको छ ।शिक्षा मन्त्रालयले व्यवस्थापिका संसदमा पेस गरेको आठौं शिक्षा ऐन संशोधन विधेयकमा १ बैशाख २०८० पछि आधारभूत शिक्षा प्राप्त नगरेको व्यक्ति सरकारको कुनै सेवामा प्रवेश गर्न नपाउने प्रावधान राखिएको छ । संशोधित ऐनमा विद्यालय तहलाई दुई तहमा उल्लेख गरिने भएको छ । कक्षा १ देखि ८ सम्मलाई आधारभूत र ९ देखि १२ कक्षासम्मलाई माध्यमिक तह उल्लेख गरिएको छ ।
सरकारले पूर्ण वा आंशिक स्वामित्व, अनुदान, नियन्त्रणमा रहेको कुनै पनि सार्वजनिक संस्थान, स्थानीय निकाय, शैक्षिक प्रतिष्ठान अथवा संगठित सेवामा रोजगारी तथा नियक्ति पाउन ८ कक्षा उत्तीर्ण नभए अयोग्य मानिने संशोधित ऐनमा उल्लेख गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

तराईमा ‘लू’ को सम्भावना !

२०८१ बैशाख ११ गते, मंगलवार