आत्मघाती बम विस्फोट : सात जनाको मृत्यु, २५ बढी घाइते

२०७६ फाल्गुन ६ गते, मंगलवार

काठमाण्डौं , ६ फागुन । पाकिस्तानको क्वेटा शहरमा आत्मघाती बम विस्फोट हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ । धार्मिक जुलुसमा भएको विस्फोटमा परेर २५ जना भन्दा बढी घाइते भएका छन् । दक्षिण पश्चिम बलूचिस्तान प्रान्तका गृहमन्त्री जिया लाँगोभले साम्प्रदायिक समूह अहि सुन्नत वाल जम्मत (एएसडब्ल्यूजे) ले निकालेको धार्मिक र्‍यालीमा बिस्फोट गराइएको बताए । मोटर साइकलमा आएका दुई जनाले आत्मघाती बम विस्फोट गराएको प्रहरीले जनाएको छ । घटनाको कसैले पनि जिम्मा नलिएको समाचारमा जनाइएको छ । एएसडब्ल्यूज निकट सुन्नी मुस्लिम राजनीतिक दलले लामो समयदेखि पाकिस्तानको जनसंख्याको २० प्रतिशत हिस्सा रहेको शिया मुसलमानलाई पाकिस्तानी कानुन अनुसार गैर मुस्लिम घोषणा गर्न माग गर्दै आएको छ । एएसडब्ल्यूजको मागसँगै पाकिस्तानमा हिंसाका घटनाहरु बढ्दै गएका छन् । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु