आठ सेकेन्डमै २५ हजार थान स्मार्टफोन बिक्रि !

२०७२ माघ २३ गते, शनिबार

काठमाडौं, २२ माघ । चिनियाँ स्मार्टफोन निर्माता कूलप्याडबाट उत्पादित एउटा स्मार्टफोन अमेजनको फ्ल्यास सेलमा केबल ८ सेकेन्डमै २५ हजार थान बिक्री भएको छ । कुलप्याडका अनुसार नोट थ्री लाइट स्मार्टफोन यति थोरै समयमा हजारौंको संख्यामा बिक्री भएको हो । यसभन्दा अघि अमेजनको वेबसाइटमा यसलाई किन्नका लागि ७० हजार मानिसले निवेदन दिएका थिए । कूलप्याड इन्डियाका सिईओ सय्यद ताजुद्दिनले बताए अनुसार नोट थ्री लाइटको यति ठूलो संख्याको विक्रीले भारतमा यसले धेरै मात्रमा ग्राहक तानिरहेको छ ।
‘हामी सस्तो मूल्यमा प्रयोगकर्तालाई उत्कृष्ट फिचर्स दिन्छौं’, उनले भनेका छन्, ‘जसका कारण हामीलाई नोट थ्री 3 र नोट थ्री लाइटका लागि राम्रो प्रतिक्रिया मिलिरहेको छ।’ कुलप्याड नोट थ्री लाइट हालै लन्च भएको थियो । जसमा मूल्यसँगै फिचर्स पनि उत्कृष्ट दिइएको छ । यो ५ इन्च एचडी स्क्रीनवाला स्मार्टफोनमा ३ जीबी र्‍याम र १६ जीबी इन्टरनल मेमोरीसँगै फोर जी एलटीई कनेक्टिभिटी रहेको छ । भारतमा ६ हजार ९ सय ९९ रुपैयाँमा किन्न सकिने यो फिङ्गर प्रिन्टवाला स्क्यानरवाला पहिलो पहिलो स्मार्टफोन हो ।
यसको खास विशेषता भनेको फिङ्गरप्रिन्ट स्क्यानर तीब्र गतिमा काम गर्न सक्छ । यो फोनमा १३ मेगापिक्सेल रियर र ५ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ भने १.३ गिगाहर्जको क्वाडकोर प्रोसेसर राखिएको छ । यो स्मार्टफोनको दोस्रो फ्ल्यास सेलका अमेजन इन्डियाको वेबसाइटमा आवेदन दर्ता थालिएको छ । यसको बिक्री ११ फेब्रुअरी २ बजेबाट हुनेछ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु