आज ३२ औँ बिपी स्मृति दिवस

२०७१ श्रावण ६ गते, मंगलवार


काठमाडौं , ६ साउन । पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ३२ औँ स्मृति दिवस मनाइँदै छ । यस अवसरमा नेपाली कांग्रेस र बिभिन्न भातृ संगठनहरुले बिभिन्न छुट्टाछुट्टै कार्यक्रम गरी मनाउदैछन् ।विसं १९७१ साल भदौ २४ गते भारतको बनारसमा जन्मेका कोइरालाको क्यान्सर रोगका कारण २०३९ साल साउन ६ गते निधन भएको थियो । कोइरालाको नेतृत्वमा जहानियाँ राणाशासन हटाउन २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भएको थियो । बिपी कोइरालाले २००७ सालमा १०४ बर्षीय जहानीया राणशासनबिरुद्ध जनक्रान्तीको नेतृत्व गरेका थिए ।
भारतीय स्वतन्त्रता आन्दोलनमा समेत सहभागी कोइराला भारतीय नेताहरुसंगै जेल परेका थिए । नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रतीक मानिने बीपी तत्कालीन नेपालमा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल राजनीतिक ब्यक्तित्वका रुपमा समेत परिचित छन् । उनि नेपाली राजनीतिमा बिपी कोइराला र नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाको नामबाट परिचित छन् ।
राष्ट्रियता प्रजातन्त्र र समाजवादको सिद्धान्त प्रतिपादन गरेका कोइराला २०१५ सालमा भएको पहिलो संसदीय चुनावपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्न सफल भएका थिए ।
तत्कालीन राजा महेन्द्रले प्रधानमन्त्रीबाट बर्खास्त गरी कोइारालालाई जेल राखेका थिए । उनि २०२५ सालसम्म आठ बर्ष निरन्तर जेलमै रहे । त्यसपछि भारत प्रवासमा रहेका कोइराला २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केका थिए ।
उच्च राजनीतिक छवि हुँदाहुँदै पनि उनले नेपाली साहित्यमा पु¥याएकोे योगदानलाई अतुलनीय मानिन्छ । कोइरालाको सुम्निमा, मोदी आइन्, बाबु, आमा र छोरा, नरेन्द्र दाई, तीन घुम्ती तथा हिटलर जस्ता चचिर्त उपन्यासहरु नेपाली साहित्यमा चर्चित छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

पेस्तोलसहित एकजना पक्राउ

२०८० चैत्र १६ गते, शुक्रबार

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार