आज २९८ औँ पृथ्वीजयन्ती मनाइँदै

२०७६ पुष २७ गते, आईतवार

काठमाडाैं, २७ पुस । आज २९८ औँ पृथ्वीजयन्ती । राष्ट्रिय एकताका धरोहर पृथ्वीनारायण शाहको २९७ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । पृथ्वीनारायण शाहले आधुनिक नेपालको खाका कोरेकाले उनको जन्म जयन्तीको दिन राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ । राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले स–साना बाइसे र चौबिसे राज्यहरुमा छरिएको भू–भागलाई सिङ्गो नेपाल बनाएकाले उनको जन्म दिनमा राष्ट्रिय एकता मनाउन थालिएको हो । तर, देश गणतन्त्रमा प्रवेश गरेपछि पुथ्वी नारायण शाहको जन्मदिनलाई राष्ट्रिय एकता दिवसको दिनको रुपमा मनाउन छोडिएकाे थियाे । तर पनि ७४ सालदेखि पुनः मनाउन थालिएको हो । आज देशैभरि पृथ्वीनारायण शाहकाे याेगदानकाे स्मरण गरिँदै छ । विगतमा सरकारले पृथ्वी जयन्तीमा दिइँदै आएको सार्वजनिक बिदा हाल सरकारले कटौती गरेको छ । तर केही प्रदेश र स्थानीय तहले भने आज सार्वजनिक बिदा समेत दिएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

पेस्तोलसहित एकजना पक्राउ

२०८० चैत्र १६ गते, शुक्रबार

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार