आज हावाहुरी सहित वर्षा हुने सम्भाबना

२०७६ जेष्ठ ३१ गते, शुक्रबार

काठमाडौं, ३१ जेठ । मौसम पूर्वानुमान महाशाखाले आज देशकको मध्य तथा पश्चिमी भु–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने पुर्वी भु–भागमा सामान्य बदली रहि पुर्वी भु–भागका केही स्थानहरुमा र मध्य र पश्चिमी भु–भागका एक–दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार रातिको समयमा देशको पुर्वी भु–भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु–भागमा आंशिकदेखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु–भागका थोरै स्थानहरुमा र पश्चिमी भु–भागका एक–दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ ।

प्रतिक्रियाहरु