आज सेतो दुवी दिवस !

२०७६ असार १० गते, मंगलवार

काठमाडौं, १० असार । आज सेतो दुवी दिवस, ‘सेतो दुवी र जीवनको गुणस्तर’ भन्ने नाराका साथ विभिन्न चेतनामूलक कार्यक्रमसहित मनाइएको छ । दुवी रोगको उपचार गराउँदै आएको काठमाडौंको कटिज केयरले उपचार गरे सेतो दुवी निको हुन्छ भन्ने सन्देशसहित यो दिवस मनाएको छ । छाला रोग विशेषज्ञ डाक्टर धर्मेन्द्र कर्णले सेतो दुवी छालामा लाग्ने रोग भएकाले उपचार पद्धतीबाट निको हुने बताए । उनले विश्वमा सेतो दुवीबाट प्रभावितको संख्या २ प्रतिशत रहेको बताए । पछिल्लो समयमा यो दर ८ प्रतिशतले बढ्दै गएको भन्दै समयमै उपचार गरे निको हुने उनको भनाइ थियो । ओठ, आँखा, कम्मर, कुइँना, घुँडा र विशेषगरी शरीरका गोप्य अंगमा सेतो दुवी आउने गरेको चिकित्कसकको भनाइ छ ।

प्रतिक्रियाहरु