आज विश्व हेपाटाईटिस दिवस

२०७३ श्रावण १३ गते, बिहीबार

काठमाण्डौ ,१३ साउन । आज जुलाई २८ अर्थात विश्व हेपाटाईटिस दिवस । आज नेपालमा पनि विश्व हेपाटाईटिस दिवस विभिन्न कार्यक्रम गरि मनाईदै छ । हेपाटाईटिस बारेको चेतना ,यसको परिक्षण र उपचारमा सबैको पहुच पुर्याउन दिवशले जोडि दिएको छ । हेपाटाईटिस भाईरसद्धारा हुने सरुवा रोग हो । यस रोगले मानिसको कलेजोमा असर गर्दछ र कलेजो सुन्निएको अवस्था नै हेपाटाईटिस हो । हेपाटाईटिस रोग गर्मि याममा भन्दा बर्षाको मौसममा बढी देखिने चिकित्कले बताएका छन् । बिभिन्न बिषाणुको संक्रमण , औषधिको प्रयो , सिरिन्जमार्फत लागुऔसधको प्रयोग , फोहर खाना र पानी लगायतका कारण हेपाटाईटिस हुने गरेको कलेजो रोग बिशेषज्ञ अनन्त श्रेष्ठ बताउनु हुन्छ। हालसम्म हेपाटाईटिसको भाईरसहरु ए ,बी , सि ,डि र ई गरी पाच किसिमका हुन्छन् । नेपालमा हेपाटाईटिसको बिरामिहरु ३ लाख ८० हजारको सङख्यामा रहेको तथ्याङक छ ।
विश्वका ४० करोड मानिसमा बिभिन्न किसिमका हेपाटाईटिसको संक्रमण रहेको विश्व स्वास्थ्य संगठन डब्लु एच ओले जनाएके छ । जसमध्ये झण्डै २४ करोड मानिस हेपाटाइटिस बी र १५ करोड मानिस हेपाटाइटिस सी को दीर्घकालिन संक्रमणबाट ग्रसित छन ।
प्रत्येक बर्ष ६० लाख देखि १ करोड सम्म हेपाटाईटिसका नयाँ बिरामि थपिने गरेको छ भने १४ लाख मानिसको प्रत्येक बर्ष हेपाटाईटिसकै कारण मृत्यु हुने गरेको छ ।डब्लुएचओले आगामी सन् २०३० सम्म विश्वबाट हेपाटाईटिस उन्मुलन गर्ने लक्ष राखेको छ ।
हेपाटाइटिस बी भाइरस पत्ता लगाउने वैज्ञानिक बरुच स्यामुयल ब्लूमबर्गको जन्मदिनको अवसर पारेर हरेक वर्ष जुलाई २८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु