आज विश्व शौचालय दिवस

२०७६ मंसिर ३ गते, मंगलवार

काठमाडौं, ३ मंसिर । ‘शौचालयको पहुँचबाट कोही बञ्चित नहोस्’ भन्ने मूल नाराका साथ आज सातौं विश्व शौचालय दिवस,मनाइँदै छ । दिवसको अवसरमा काठमाडौंमा प्रभातफेरी निकालिएको छ ।भृकुटीमण्डपबाट सुरु भएर्को याली भद्रकाली, शहीदगेट, न्यूरोड हुँदै बसन्तपुरमा पुगेर सम्पन्न भएको थियो ।
प्रभातफेरीमा खानेपानी तथा ढल व्यवस्थापन विभाग, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल, वाटर एड, वातावरण र जनस्वास्थ्य संस्था, नेपाल रेडक्रस सोसाईटी लगायत संघसंस्थाको सहभागिता थियो ।र्
यालीमा सहभागीहरुले ‘मनको मन्दिर देवालय, तनको मन्दिर शौचालय’, ‘घरघरमा चर्पी, सफा राखौं धर्ती’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
विश्व शौचालय संगठनले सन् २००१ मा शौचालय दिवसलाई स्थापित गरेको थियो । सन् २०१३ नोभेम्बर १९ मा संयुक्त राष्ट्रसंघको महासभाले विश्व शौचालय दिवसलाई औपचारिक मान्यता दिएको थियो । त्यसपछि हरेक वर्ष नोभेम्बर १९ तारिखमा विश्व शौचालय दिवसको रुपमा मनाउन थालिएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार