आज विश्व वातावरण दिवस

२०७६ जेष्ठ २२ गते, बुधबार

काठमाडौं, २२ जेठ । आज ४५ औँ विश्व वातावरण दिवस ‘वायु प्रदुषणलाई जितौँ’ भन्ने नरा सहित विविध कार्यक्रम गरि मनाइँदै छ । वातावरण संरक्षणको आवश्यकता र अवस्थाबारे सचेतनामुलक कार्यक्रम गरी नेपालमा पनि यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन ५ मा यो दिवस मनाउने गरिन्छ । वातावरण संरक्षणमा मानवीय भूमिकालाई प्रवल बनाउने उद्देश्यसहित यो दिवस मनाउने गरिन्छ । वायु प्रदुषणका कारण मानव स्वास्थ्य र समग्र वातावरणमा खराब प्रभाव परेको सन्दर्भमा त्यसबाट मुक्त हुने प्रयासमा एकताबद्ध हुन यस वर्षको विश्व वातावरण दिवसको नारा स वायु प्रदुषणलाई जितौँ भन्ने बनाइएको हो ।
दिवसको अवसमारमा शुभकामना सन्देश दिँदै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले विश्वमा अहिले हरित अर्थतन्त्रको खाँचो रहेको बताएका छन । वातावरण संरक्षका लागि सक्रिय रुपमा काम गर्ने बेला आएको शुभकामना सन्देशमा भनिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु