आज विश्व योग दिवस

२०७५ असार ७ गते, बिहीबार

काठमाडौं, ७ असार । आज विश्व योग दिवस । जुन महिनाको २१ तारिख अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन शुरु गरेको हो । सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गरेपछि अरु देशसमेतको समर्थनमा राष्ट्रसंघले यो दिवसलाई अन्तर्राष्ट्रिय मान्यता दिएको हो । संस्कृत भाषाको योग शब्दको अर्थ जोड्नु हो । मनमा आउने विभिन्न विकारलाई हटाउने प्रक्रियालाई नै योग भनिन्छ ।
योग दिवसका अवसरमा विभिन्न संघ संस्थाले आज कार्यक्रम गर्दैछन् । योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्ति लगायतको सकारात्मक गुणको विकास हुने विश्वास गरिन्छ । योगको उत्पत्ति नेपाली भूमिमै भएको विश्वास गरिन्छ । भगवान शिवले पत्नी पार्वतीलाई पहिलो पटक योग शिक्षा दिएको वर्णन विभिन्न शास्त्रमा गरेको पाइन्छ ।

प्रतिक्रियाहरु