आज विश्व मुटु दिवस

२०७६ आश्विन १२ गते, आईतवार

काठमाडाैँ, १२ असाेज । आज विश्व मुटु दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । बदलिँदो जीवनशैली र सन्तुलित आहारमा अमी हुँदा बिकासशील मात्र होइन बिकसित मुलुककै लागि पनि मुटु रोग चुनौति बनिरहेको छ । मुटु रोग नसर्ने रोग हो । मानिसका क्रियाकलाप, जीवनशैली, खानपान मुटुरोगको प्रमुख कारणको रूपमा देखापरेको छ । नेपालमा मुटुरोगको उपचार महँगो छ तर पहिलेको तुलनामा केही सस्तो हुँदै आएको छ । नेपाल बाहिरका अन्य देशमा भने मुटुरोगको उपचार अत्यन्त महँगोे छ । विश्व मुटु महासंघको सन् २००५ को तथ्याङ्कअनुसार विश्वभर हरेक वर्ष १ करोड ७५ लाख भन्दा बढी मानिसहरूले रक्तनली, पक्षघात तथा मुटुजन्य रोगका कारण ज्यान गुमाइरहेका छन्। मुटुरोगलाई संसारकै एक नम्बरको मृत्युको कारण मानिन्छ । नेपालमा पनि हृदयघात सम्बन्धी रोगहरूको दर पाँच प्रतिशत छ भने उच्च रक्तचाप २० देखि २५ प्रतिशतसम्म छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु