आज विश्व बाघ दिवस

२०७३ श्रावण १४ गते, शुक्रबार

काठमान्डौ, १४ साउन । आज विश्व बाघ दिवस मनाइदै छ । विश्वकै दुर्लभ जनावरको सूचीमा रहेको बाघ संरक्षणमा जनचेतना जगाउदै सातौ बाघ दिवस मनाइदै छ । वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने बाघ संरक्षण प्रयासमा हरेक वर्ष २९ जुलाइमा यो दिवस मनाइदै आएको छ । रसियाको सेन्ट पिटर्सवर्गंमा भएको बाघ पाइने मुलुका राष्ट प्रमुखको सम्मेलनले बाघ संरक्षणमा जोड दिदै बाघ वर्ष मनाउने निर्णय गरेको थियो । उनीहरुले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने लक्ष्य समेत राखेका छन् । नेपालमा सन् २०१३ मा सार्वजनिक भएको तथ्याङकमा १ सय ९८ बाघ रहेका थिए । सरकारी तथ्यांकमा चितवन राष्टिय निकुन्जमा मात्र १ स य २० बाघ रहेको उल्लेख गरिएको थियो ।
यसै गरी पसौ बन्यजन्तु आरक्षमा ७,बाँके राष्टिय निकुञ्जमा४,बर्दिया राष्टिय निकुञ्जमा ५०,शुक्लाफाँटा वन्यजन्तु आरक्ष आसपास १७ बाघ रहेको तथ्यांक सार्वजनिक भएको थियो ।

प्रतिक्रियाहरु