आज विश्व पृथ्वी दिवस

२०७६ बैशाख ९ गते, सोमबार

काठमाडौं, ९ वैशाख । आज विश्व पृथ्वी दिवस, नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाईँदैछ । हरेक वर्ष अप्रिल २२ मा पृथ्वीको रक्षाका लागि सचेतना फैलाउने उद्देश्यसहित यो दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा यो वर्षको नारा ‘मातृभूमि पृथ्वी : शिक्षा र जलवायु परिवर्तन’ भन्ने तय गरिएको छ । सन् २००९ मा राष्ट्र संघको ६३ औं महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरे अनुसार अहिले यो दिवस विश्वभर मनाउने गरिन्छ ।
दिवसको अवसरमा पृथ्वीको पर्यावरणीय सुरक्षामा जोड दिने गरिएको छ । अमेरिकाले सन् १९७० अप्रिल २२ मा पहिलोपटक यो दिवस मनाएको थियो । सन् १९६९ सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलाद्र्धको बसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरेका थिए । तर पछि अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रुपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार