आज विश्व नर्सिङ दिवस

२०७७ बैशाख ३० गते, मंगलवार

काठमाडौं , ३० बैशाख । आज विश्व नर्सिङ दिवस । तर यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण मुलुक लकडाउन हुँदा औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन । हरेक वर्षको मे १२ मा विश्व नर्सिङ दिवस मनाउने गरिन्छ । फ्लोरेन्स नाइटिंगेलको जन्मदिनको अवसरमा यो दिवस मनाउने गरिएको हो । सन् १८२० मे १२ का दिन इटालीमा आधुनिक चिकित्सा पद्धतीमा अभूतपूर्व योगदान गर्न नर्स पेशाको सुरुवात गर्ने फलोरेन्सको सम्मानस्वरुप यो दिवस मनाउन थालिएको हो ।
नेपालमा वि.सं २०१३ देखि नर्सिङ पेशा सुरु भएको मानिन्छ विश्व नर्सिङ दिवस हरेक वर्षको मे १२ को दिनमा मनाइँदै आएपनि नेपालमा भने राष्ट्रिय नर्सिङ दिवस प्रत्येक वर्षको माघ १५ गते मनाउने गरीएको छ ।

प्रतिक्रियाहरु