आज विश्व टेलिभिजन दिवस

२०७६ मंसिर ५ गते, बिहीबार

काठमाडौं, ५ मंसिर । आज ‘विश्व टेलिभिजन दिवस’, सन् १९९६ डिसेम्बर १७ मा बसेको संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष नोभेम्बर २१ मा विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरेसँगै यो दिवस मनाउन थालिएको हो । तत्कालीन समयमा टेलिभिजन दिवस मनाउन पेश गरिएको प्रस्तावमा केही शक्ति राष्ट्रले भने नो भोट गरेका थिए । सन् १९३० को दशकमा प्रसारण शुरु भएको टेलिभिजन प्रविधिलाई अहिले सबैभन्दा सशक्त सञ्चारमाध्यमका रुपमा लिइन्छ । आर्थिक तथा सामाजिक विषयवस्तुलाई उठान गर्नसक्ने माध्यमका रुपमा टेलिभिजनलाई स्वीकार गरिएको छ । टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रसारण गरेको पाइन्छ । सन् १९५४ देखि रंगीन टेलिभिजनको विकास भई रंगीन दृश्य हेर्न सकिने अवस्था आएको हो ।
सन् १९७० को दशकमा विश्वका ६० वटा मुलुकमा टेलिभिजनको प्रत्यक्ष सेवा विस्तार भयो । नेपालमा भने सन् १९७० को दशकमा टेलिभिजनका सेटहरु भित्रिएको पाइन्छ । नेपालमा टेलिभिजनको प्रसारण हुन थालेको ३५ वर्ष भएको छ । २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो ।

प्रतिक्रियाहरु