आज विश्व क्यान्सर दिवस

२०७२ माघ २१ गते, बिहीबार

काठमाडौ, २१ माघ । आज विश्व क्यान्सर दिवस, हामी सक्छौं र म सक्छु भन्ने नाराका साथ नेपालमा पनि विभिन्न गैरसरकारी तथा सरकारी निकायले विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाउँदैछन् । दिवसको यसवर्षको नारा हामी सक्छौं र म सक्छु भन्ने तय गरिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । अर्थात क्यान्सर बारे बुझेर समयमै उपचार गरे क्यान्सर निको पार्न सकिन्छ भन्ने सन्देश नाराको रहेको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा चिनबहादुर पुनले बताए ।
नेपालमा दिन प्रतिदिन क्यान्सर रोगीहरुको संख्या बढ्दो छ । ९० प्रतिशत क्यान्सर धुम्रपान, मद्यपानको कारणले हुने गरेको छ । त्यसबाहेक खानपानमा ख्याल नगर्ने, प्रकाशको किरणमा धेरै बस्ने जस्ता कारणले पनि क्यान्सर हुने गर्छ तर समयमै उपचार गरे क्यान्सर निको हुने भएकाले समय समयमा स्वास्थ्य जाँच गराएर क्यान्सरबाट बच्न पनि चिकित्सकहरुले सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रियाहरु