आज ‘लकडाउन’को चौथो दिन

२०७६ चैत्र १४ गते, शुक्रबार

काठमाडौ, १४ चैत । आज सरकारले जारी गरेको लकडाउनको चौथो दिन । सरकारले चोक–चोक र बस्तीमा समेत प्रहरी पठाएर मानिस तथा सवारी साधनको आवागमनमा रोक लगाएको छ । अधिकांश सर्वसाधारण अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन नेपाली सेनाले पनि माइकिङ गर्दै सर्वसाधारणलाई सचेत तुल्याइ्र्ररहेको छ । अत्यावश्यक सेवा र वस्तुबाहेक अन्य आवतजावतमा रोक लगाउन सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु खटिएका छन् ।
यद्दपी लकडाउनको चौथो दिन पनि सर्वसाधारणले अटे गरी बिना काम सडक बाहिर निस्कन छोडेका छैनन् ।
सडकमा अत्यावश्यक वाहेक अरु सवारी साधन गुडेका छैनन् । हिजो अस्ति जस्तै लकडाउनको अवज्ञा गर्ने सवारीसाधनलाई नियन्त्रणमा लिने प्रहरीले जानकारी दिएको छ । लकडाउनको अवज्ञा गर्दै एम्बुलेन्स र खानेपानीका ट्याङ्करमा समेत यात्रु आवतजावत गर्न थालेपछि प्रहरीले त्यस्ता सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही गर्ने काम तीव्र बनाएको छ ।
अत्यावश्यक सेवा र वस्तु वाहेक अन्य आवतजावतलाई रोक लगाउन खटिएका प्रहरीहरु पनि कोरोनाको संक्रमणवट वच्न विहिवारवाट विशेष सावधानी अपनाइरहेका छन् ।

प्रहरीहरु पञ्जा र मास्क सहित ड्युटीमा खटिएका छन् । आवतजावत गर्ने यात्रु र सवारी साधनवाट करिब एक मिटरको दुरी कायम गर्दै प्रहरी ड्युटीमा खटिएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार