आज राष्ट्रिय क्यान्सर सतर्कता दिवस

२०७१ आश्विन १० गते, शुक्रबार


काठमाडौं, १० असोज । आज राष्ट्रिय क्यान्सर सतर्कता दिवस, क्यान्सर बारे जानकारी राखौं, सतर्क हौं क्यान्सरलाई परास्त गरौं भन्ने नाराका साथ मनाईंदैछ । आज विपी कोइराला मेमोरयल क्यान्सर अस्पतालमा भरतपुरमा विशेष कार्यक्रम हुँदैछ । दिवससंगै अस्पतालले आज आफ्नो वार्षिकोत्सव समेत मनाउँदैछ । सुर्ती चुरोट खान निरुत्साहित गर्ने उद्देश्यले राष्ट्रिय क्यान्सर सतर्कता दिवस मनाउन लागिएको हो । सरकारले सुर्ती चुरोट सार्वजनिक ठाउँमा खान नपाउने व्यवस्था गरेपनि कडाई नहुँदा प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।
नेपालमा अहिले फोक्सो र पाठेघरको क्यान्सरका बिरामी बढ्दै गएका विज्ञले बताएका छन् । नियमित शारिरिक परीक्षण गरी उपचार गराए धेरैजसो क्यान्सर निको हुने डाक्टरहरुले बताएका छन् ।

प्रतिक्रियाहरु