आज मेघ गर्जन सहित पानी पर्ने

२०७२ बैशाख ४ गते, शुक्रबार

काठमाडौं,४ बैशाख । आज पनि देशभरको मौसम बदली हुने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । अहिले पश्चिमी क्षेत्रको मौसम बदलिएको छ । दिउँसोपछि काठमाडौं उपत्यकासहित देशभरको मौसम पनि बदली हुने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले आकाशमा रहेको हल्का बादल दिउँसो बढ्दै गएर बेलुकीपख मध्य र पुर्वी हिमाली क्षेत्रका केहि ठाउँमा मेघ गर्जन सहित पानी पर्ने संभावना छ । पश्चिम र पूर्वी उच्च हिमाली क्षेत्रमा हिमपात हुने अनुमान गरिएको छ ।
मौसमविद् सुवास रिमालका अनुसार वायुमण्डलमा भएको जलवाष्पका कारण देशभरको मौसम आशिंक बदली हुन लागेको हो । सामान्यतया मार्च, अप्रिल र मे महिनालाई प्रि मनसुन भनिन्छ । यी महिनामा आँशिक बदली हुनु सामान्य प्रक्रिया भएको उहाँको भनाई छ । मौसमविद् रिमालका अनुसार मनसुनी प्रणाली नभित्रिएसम्म मौसममा बदली भैरहनेछ ।
गएको आइतबारदेखि सक्रिय भएको पश्चिमी वायु र स्थानिय वायु अहिले निस्क्रिय हुँदै गएको महाशाखाले जनाएको छ । तर बंगालको खाडीबाट पुर्वीतिर लागेको हावाले पुर्वमा र पश्चिमी वायुको प्रभावका कारण पश्चिमी क्षेत्रको मौसम बदली हुने छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु