आज मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

२०७६ फाल्गुन १२ गते, सोमबार

काठमाडौं, १२ फागुन । मौसम पूर्वानुमान महाशाखाले आज मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको भन्दै सतर्क रहन सूचना जारी गरेको छ । पछिल्लो केही दिनयता देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको कारण आज मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको भन्दै महाशाखाले सचेत हुन आग्रह गरेको हो ।
महाशाखाले आज देशको पश्चिमी पहाडी भेगमा आंशिक बदली तथा पूर्वी क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको हुने सम्भावना रहेको जनाएको छ । पूर्वानुमानका अनुसार देशभर दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ।
देशको पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन\चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । सोमबार राति पनि मुलुकको मध्य तथा पुर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भू-भागमा आंसिक बदली रहने संम्भावना रहेको जनाएको छ ।
त्यसैगरी मुलुकको मध्य तथा पुर्वी भू–भागका केही ठाउँहरुमा र पश्चिमका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ । साथै मुलुकको पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको संभावन रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार