आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस

२०७६ मंसिर २३ गते, सोमबार

काठमाडौं, २३ मंसिर । आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस । प्रत्येक वर्षको अंग्रेजी महिनाको डिसेम्बर ९ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउँदै आईएको छ । विश्वका १ सय ८० राष्ट्रमध्ये सुशासन सूचकांकमा नेपाल १ सय २४ स्थानमा रही ३१ अंक प्राप्त गरेकाे छ । नेपालकाे छवि सुध्रन नसकेकाे र भ्रष्ट मलुक नै रहेको कार्यक्रममा जानकारी दिईएको थियो । ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार ५० अंक भन्दा कम अंक प्राप्तगर्ने मुलुक भ्रष्ट मुलुक मानिने कार्यक्रममा जानकारी दिईएको थियो ।
यसैबीच,अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको आयोजनामा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस हेटौंडामा मनाइएको छ । आयोगको हेटौँडा कार्यालय प्रमुख शिवकुमार कार्कीको सभाध्यक्षता तथा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अख्तियार दरुपयोग अनुसन्धान आयोगका तर्फबाट प्रस्तुतिकरण गरिएको थियो । कार्यक्रममा विश्वसहित नेपालको सुशासन अवस्थाका बारेमा जानकारीमूलक विषयवस्तुलाई प्रस्तुत गरिएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार