आज भोलि मेरो गाउँ – गोरीकला बि क ‘मानुषी ‘

२०७१ श्रावण १७ गते, शनिबार


मेरो गाउँ, प्यारो गाउँ, त्यो गाउँ आज कुन स्थितिमा छ र के गर्दैछ के सोच्दैछ भन्नेबारे म केही शब्द कोर्न गइरहेकी छु । मेरो गाउँको विषयमा आज मैले धेरै बयान गरिरहनुपरेन । नयाँ गाउँ हो मेरो नयाँ ठाउँ । त्यो प्यारो गाउँ आजभन्दा १६ वर्षहिले सामन्तको क्रिडास्थल थियो । मेरो गाउँले विगतका सबै शासनकाल भोग्यो । १०४ वर्षराणाशासन पनि भोग्यो । ३० वर्षपञ्चायतकाललार्इर्र्पनि उसले नजिकबाट नियाल्यो । १६ वर्षबहुदल पनि नजिकैबाट हेर्यो तर कहिल्यै पनि सुखको सास फेनपाएन मेरो गाउँले । हिजो भाले नबास्दै उपस्थिति हुन्थ्यो मेरो गाउँँमा ठुलाठालुको हाम्रो श्रम चुस्न । सामन्तवादी जातीय कूप्रथाले कूपोषणमा परेको थियो मेरो गाउँ । नारीहरूको अस्मिता र भविष्य सुरक्षित हुँदैनथ्यो त्यहाँ । सामन्त, जाली फटाहा, ठुलाठालु र मुखियाको रजाइँ थियो मेरो गाउँँमा । राजनीतिक रूपले पनि एकात्मक राज्यको सास्ती कम खेप्न परेन मेरो गाउँले । हाम्रो विशाल तथा बलियो राज्य पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा केन्द्रीय सत्तामा गाभियो । सामन्ती सत्ताको हस्तक्षेप त्यतिबेला सजिलै स्वीकारेन मेरो गाउँँले । भीषण संर्घष गर्यो आफ्नो स्वतन्त्रताको लागि । ठुलो मूल्य चुक्ता गर्यो आफ्नो स्वाभिमानको लागि । हामीमाथि रजाइँ गर्न एकात्मक राज्यले ठुलो मूल्य चुक्ता गनुपरेको थियो । त्यसैको फलस्वरूप अहिले हामीलो यो हविगत बेहोर्नुपर्यो । त्यसपछि राज्यको नजरमा हामी दूरदराजको रूपमा परिभाषित भयौँ । हामीलार्इर्र्भेडा र च्याङ्ग्राको संज्ञा दिइयो । लगातार हामीमाथि शोषण र दमन गरियो र बदला लिइयो । सामन्ती सत्तालार्इर्र्हामीले खोजेको उन्मुक्ति हामीले बोकेको स्वाभिमानको बदला अझै पुगिसकेको छैन । तर्सथ हामी माथिको व्यवहार बदलिएको छैन । एकबेला देशको प्रमुख व्यापारिक केन्द्रको रूपमा रहेको हाम्रो राज्य अहिले प्रतिक्रियावादीको भाट र कारिन्दाको रूपमा रहनुपरेको छ । एक बोरा नुनसँग उसको मूल्य साटिएको छ । दलित जातिको जन्म त ठुला ठालु र उच्च जातिको चाकडीको निम्ति नै हुन्थ्यो मेरो गाउँमा । उनलार्इर्र्छुवाछुत जस्तो अमानवीय प्रथाले दबाइन्थ्यो । महिलाहरू केवल श्रम शोषणको साधन र बच्चा जन्माउने मेसिन मात्र थिए । उनलाई शिर ठाडो पारेर हिँड्न पाइँदैनथ्यो । राजनीतिक सत्ता, पितृसत्ता, आर्थिक सत्ता र धार्मिक सत्ताले बलियो गरी बाँधेको थियो उनलाई । सामाजिक रूपले अन्धविश्वास र रुढीवादले घेरेको थियो मेरो गाउँलार्इ। विभिन्न खालका सामाजिक कुरीति र कूसंस्कारले ठाडो उठ्नै सक्दैनथ्यो मेरो गाउँ । कमारा कमारी प्रथा, बेठबेगारी प्रथा, तिरो प्रथाले नराम्ररी गाँजेको थियो मेरो गाउँलाई ठकुरानीहरू अधेका हुन्थे मेरो गाउँमा । फरियाको ताल चेपेर खाने चलन थियो उनको । उनको जीविकोपार्जनको ग्यारेन्टी हामीलो गरिदिन पर्दर्थ्या । यति हुँदा पनि ति धनी ए हामी निच, ती साहु थिए हामी ऋणी, तिनको हलो जोत्दै मेरो पुस्ताको जीवन बित्यो । साहुको ऋणले मेरो गाउँँलाई कहिल्यै छोडेन । अहिले पनि मेरो गाउँँमा मेरो आफन्त खान नपाएर औषधी नपाएर मर्ने गर्छन् । आजभोलि मेरो गाउँँ फेरिएको छ । बदलिएको छ । मुक्त भएको छ । मेरो गाउँँको मुहारै फेरिएको छ आजभोलि । सामन्ती सत्ताले आफूमाथि गरेको अत्याचारको हिसाब किताब चुक्ता गरेको छ मेरो गाउँँले । स्वतन्त्र पंक्षी झँै उडेको छ मेरो गाउँँ । मेरो गाउँँको परिचय नै भिन्न छ । हाम्रो पहिचान नै भिन्न छ । हाम्रो अभिमान नै भिन्न छ । आजभोलि मेरो गाउँँको नाम सुन्नेबित्तिकै शोषकहरूको होसहराम हुन्छ । मेरो गाउँँको काम देखेर उनको लुटको र्स्वर्ग भत्किने गर्दछ । सामन्ती सत्ताका जरा काटिएका छन् मेरो गाउँँमा । आजभोलि प्रतिक्रियावादीको जङ्गी पर्खाल गर्ल्यामगर्ुर्लुम भएको छ त्यहाँ । ठुलाठालुको राज छैन त्यहाँ एउटा स्वतन्त्र र समानतामूलक समाजको निर्माण भएको छ । श्रमचोरहरूको अन्त्य भएको छ । श्रमजीवीहरूको राज भएको छ । मेरो गाउँँलार्इर्र्शोषणको क्रिडास्थल बनाउने बाबु साहेब आजभोलि भेटिँदैनन त्यहाँ । उनीहरू अर्कै र्स्वर्ग छन । फरियाको ताल चेपेर खाने ठकुरानी पनि बदलिएका छन् । शोषणको त्यहाँ आभास पाइँदैन । त्यो सोच्ने मान्छे त्यहाँ भेटिँदैन । उन्मुक्तिमा नाचेको छ मेरो गाउँँ । मान्छे मान्छेबीचको असमानता त्यहाँ अन्त्य भएको छ । दलित भन्ने नाम निसान छैन त्यहाँ । महिलाहरू २१औं शताब्दीको नयाँ मानव बनेका छन मेरो गाउँँमा । मेरो गाउँँमा २१औँ शताब्दीको वीरता, शौर्य बलिदानको सुनगाभा फुलेको छ । लालीगुराँस फक्रिएको छ, प्याउली फूल मुस्कुराएको छ । अझ मैले देखिरहेकी छु हाम्रो उन्मुक्ति लुट्ने प्रयास हुँदैछ । स्वतन्त्रता खोस्ने दुस्साहस हुँदैछ । हामीलार्इर्र्ठहरावमा राख्ने सपना देखिँदैछ । अहँ त्यो असम्भव हाम्रो रातो रगत कहिल्यै सुक्ने छैन । हाम्रो प्रतिवद्धता कहिल्यै रोकिने छैन । हाम्रो मुक्ति अभियान कहिल्यै रोकिने छैन । हाम्रो कर्णाली कहिल्यै बग्न छोड्ने छैन, हाम्रो क्रान्तिको यात्रा निरन्तर जारी रहनेछ ।
(स्मृतिको क्षण पुस्तकबाट साभार, गत साउन १५ गते असामयिक निधन भएको मानुसीप्रति हार्दिक श्रन्दांजलि सहित )

प्रतिक्रियाहरु