आज भोटो जात्रा

२०७६ जेष्ठ २६ गते, आईतवार

काठमाडौं, २६ जेठ । बर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा आज हुँदैछ । मत्स्येन्द्रनाथको जिम्मामा रहेको बहुमूल्य मणिमाणिक, हीरामोती, रत्न आदि जडित भोटो कसको हो भनी देखाउने चलन रहिआएको छ । भोटो देखाउने जात्राका लागि मत्स्येन्द्रनाथको रथलाई लगनखेलस्थित थटिटोलबाट तानेर जावलाखेल पुर्‍याइएको छ ।रथ जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्परा छ । जावलाखेलमा भोटो देखाइसकेपछि त्यसै दिन मत्स्येन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा राखी बोकेर बाजागाजाका साथ बुङ्मतीस्थित उनकै मन्दिरमा पु¥याउने चलन छ । मीननाथलाई रथमा नै राखेर तानेर चक्रबहिमा पुर्‍याएपछि मत्स्येन्द्रनाथको रथ यात्रा समापन हुन्छ । बौद्धहरुले करुणामय र सिद्धेश्वरका रुपमा पुज्ने मत्स्येन्द्रनाथको जात्रा भक्तपुरका राजा नरेन्द्रदेव र काठमाडौंका बन्धुदत्तले चलाएको भन्ने गोपाल वंशावलीमा उल्लेख छ । यस अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार