आज भोटो जात्रा

२०७४ जेष्ठ ११ गते, बिहीबार

काठमाडौं, ११ जेठ । आज भोटो जात्रा , वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा हुँदैछ । जात्रा अवलोकन गर्न राष्ट्रप्रमुख तथा उच्च पदस्थका व्यक्तिहरू उपस्थित हुने परम्परा छ । भोटो जात्राको दिन सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएको छ । जात्रा गर्न सोमबार मत्स्येन्द्रनाथको रथलाई लगनखेलस्थित थटिटोलबाट तानेर जावलाखेल पुर्‍याइएको थियो ।
रथ जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्परा अनुसार मत्स्येन्द्रनाथको जिम्मामा रहेको लोककथन रहेको बहुमूल्य मणिमाणिक, हीरामोती, रत्न आदि जडित भोटो देखाइनेछ । जावलाखेलमा भोटो देखाइसकेपछि त्यसै दिन मत्स्येन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा राखी मानिसहरूले बोकी बाजागाजाका साथ बुङमतीस्थित उनकै मन्दिरमा पुर्‍याउँछन् । भूकम्पले ध्वस्त बनेको मस्त्येन्द्रनाथको मन्दिर पुनर्निर्माण भइनसकेकाले मत्स्येन्द्रनाथको मूर्तिलाई मन्दिरपछाडि बनाइएको टहरामा राखिनेछ । मीननाथलाई रथमा नै राखेर तानेर चक्रबहिमा पुर्‍याएपछि मत्स्येन्द्रनाथको रथ यात्रा समापन हुन्छ । बौद्धहरूले करुणामयका रूपमा मानिने र सिद्धेश्वरका रूपमा पनि पुजिने मच्छिन्द्रनाथको जात्रा गोपाल वंशावलीमा भक्तपुरका नरेन्द्रदेव राजा र काठमाडौंका बन्धुदत्तले चलाएको भन्ने उल्लेख छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

तराईमा ‘लू’ को सम्भावना !

२०८१ बैशाख ११ गते, मंगलवार