आज भारी वर्षाको सम्भावना : सतर्क हुन अनुराेध

२०७७ असार २ गते, मंगलवार

काठमाडाैं, २ असार । मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हुरीबताससहित ठूलो (भारी) वर्षा हुने सम्भावना रहेको जनाएको छ । महाशाखाले पूर्वी र मध्य भू–भागमा मनसुनी वायु तथा पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभावले अझै तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार हाल प्रदेश नं ५ का थोरै ठाउँमा, गण्डकी प्रदेश, बाग्मती प्रदेश, प्रदेश नं २ र प्रेश नं १ का धेरै ठाउँमा वर्षा भइरहेको छ । एकैछिन पानी पर्न रोकिए पनि फेरि पानी परिहाल्ने महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि सोमबार रातिदेखि नै वर्षा भइरहेको छ । भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।
महाशाखाले मंगलबार बिहानै ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ- “देशभर धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनाका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ, जसका कारण ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायातसमेत प्रभावित हुने सम्भावना रहेको हुनाले सबैले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ । ”
महाशाखाले आज दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने संभावना रहेको जनाएकाे छ ।
महाशाखाले आज राति पनि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने संभावना रहेको जनाएकाे छ । आज बाढी बाढीकाे पनि खतरा रहेकाे बाढी पूर्वानुमान शाखाले जनाएकाे छ । बाढी पूर्वानुमान शाखा बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ- “प्रदेश २ र १ को तराईको अधिकांश भू-भागमा बर्षा भईरहेको कन्काई, कमला, बागमती नदीमा केहि बढ्दो छ, तर सतर्कता तह भन्दा तलै हुने प्रदेश १ र २ को चुरे र तराई भई बहने स-साना खहरे खोलामा बहाव बढ्ने, केहीमा आकस्मिक बहाव पनि हुन सक्छ, साना नदीतटिय क्षेत्रमा सतर्कता अपनाईराखौं ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु