आज भानुजयन्ती

२०७५ असार २९ गते, शुक्रबार

काठमाडौं, २९ असार । आज भानुजयन्ती , साहित्यिक धरोहर आदिकवि भानुभक्त आचार्यको सम्झना गर्दै आज देशैभर धुमधामका साथ भानुजयन्ती मनाईदै छ भने आदिकवि भानुभक्त आचार्यको घर भत्किएर भग्नावशेषमा परिणत हुँदा समेत पुनर्निर्माणका बारेमा कसैले पहल गरेको छैन । जसका कारण आचार्यको जन्मस्थल चँुदी नै ओझेलमा पर्दै गएको छ । आचार्यको जीवनसँग जोडिएका संरचना संरक्षणमा ध्यान नदिंदा राज्यलाई ठूलो क्षति पुग्नुका साथै राज्य माथि नै प्रश्न तेर्सिएको छ ।
आदिकवि भानुभक्तको जन्मस्थल शिखर कटेरी परिसरमा भने लामो समयपछि भए पनि रामायण भवनको निर्माण थालिएको हो ।जंगलकोबीचमा रामायण भवन बनेपछि भने त्यहाँ रामायण पाठ पढाइने र रामायणका पुस्तकहरु पर्याप्त उपलब्ध गराई अवलोकनको व्यवस्था मिलाइने छ । रामायण भवन पुग्न कच्ची बाटो भएकाले कालोपत्रे गर्न स्थानीयहरुको माग छ ।सरकारले रामायण भवन बनाउन तीन करोड बजेट छुट्याएको भानु जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाट बताउँछन् । आदिकवि भानुभक्त आचार्यको जन्मस्थल संरक्षण र चँुदीको विकासका लागि राज्यले पर्याप्त बजेट बिनियोजन नगर्दा समस्या पनि भएको छ ।

प्रतिक्रियाहरु