आज बुबाको मुख हेर्ने दिन

२०७५ भाद्र २४ गते, आईतवार

काठमाडौं , २४ भदौ । आज भाद्र कृष्ण औंशीको दिन अर्थात बुबाको मुख हेर्ने दिन । आज छोराछोरीहरूले आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्। बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन्। आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ। आज विहानैदेखि गोकर्ण मन्दिर तथा गोकर्णको उत्तरगयामा ठूलो मेला लागेको छ। विहानैदेखि त्यहां भक्तजनहरुको भीड लागेको छ।
यसैले आजको औँशीलाई गोकर्णे औँशीका नामले पनि चिनिन्छ। आज गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लागेको छ। यसैगरी रसुवाको वेत्रावतीमा पनि भक्तजनको लर्को लागेको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

पेस्तोलसहित एकजना पक्राउ

२०८० चैत्र १६ गते, शुक्रबार

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार