आज बालाचतुर्दशी , शिव मन्दिर परिसरमा सतबिज छरिंदै

२०७५ मंसिर २० गते, बिहीबार

काठमाडौं , २० मंसिर । आज मंसिर कृष्ण चतुर्दशी अर्थात् बालाचतुर्दशी , हिन्दू धर्मावलम्बीले आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामनामा शिव मन्दिर परिसरमा सतबिज छरी मनाउँदै छन् । पशुपति क्षेत्रको श्लेष्मान्तक बनमा वर्षभरि दिवंगत भएका आफन्तको सम्झनामा सतबीज छर्न देशभरबाट ठूलो संख्यामा भक्तजन पुगेका छन् । आज विहान सबेरैदेखि सतबीज अर्थात् जौ, धान, कालो तिल, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मूला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा छर्दैै पशुपति क्षेत्रमा देवीदेवताका मन्दिरहरु परिक्रमा गरिन्छ । भगवान् शिव मृगरुप लिएर घुम्नु भएको पूण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पूण्य मिल्ने र दिवंगत आत्माले मुक्ति पाउने जनविश्वास छ । यसका लागि गएराति थुप्रैं भक्तालु कैलाश डाँडा, ठूलो महास्नानघर, घयाम्पो पाटी, बज्रघर, राममन्दिर, राजराजेश्वरी, बाग्मतीपारि, नासलचोकलगायत ठाउँमा महादीप बाली जाग्राम बसेका थिए ।
बाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरुप धारण गरेर बिहार गरेको थाहा पाई त्यस शिवरुपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरियो भएपछि मृगहरु आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किंवदन्ती पनि छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार

२३ प्रहरी सम्पर्कविहीन

२०८० चैत्र १३ गते, मंगलवार