आज फाल्गुनन्द जन्मजयन्ती

२०७४ कार्तिक २५ गते, शनिबार

काठमाडौं, २५ कात्तिक । नेपालको १६ औँ राष्ट्रिय विभूति तथा समाजसुधारक महागुरु फाल्गुनन्द लिङदेनको १३३ औँ जन्मजयन्ती नेपाल सहित विश्वका आधा दर्जन बढि देशमा विभिन्न कार्यक्रम आयोजना गरी मनाईदैछ । किरात समुदायले प्रत्येक वर्ष कार्तिक २५ गते नेपालको १६ औँ राष्ट्रिय विभूति तथा समाजसुधारक महागुरु फाल्गुनन्द लिङदेनको जन्मजयन्ती मनाउने गर्दछन् । ताप्लेजुङमा किरात धर्म तथा साहित्य उत्थान संघले महागुरु लिङदेनको जन्म जयन्तीको अवसरमा फुङलिङ ६ को काहुले स्थित, माङहिममा एक कार्यक्रमको आयोजना गरेको छ । नेपालको पाँचथर स्थित लबरेकोटीमा विशेष कार्यक्रम, त्यस्तै ताप्लेजुङ, पाँचथरका विभिन्न स्थान, इलाम, झापा, मोरङ, सुनसरी, संखुवासभा, भोजपूर, खोटाङ, तेह्रथुम, धनकुटामा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । महागुरु लिङदेनको जन्म जयन्ती नेपाल, भारत, बर्मा, अमेरिका, बेलायत, हङकङ, मलेसिया लगायत देशहरुमा धुमधाम विभिन्न कार्यक्रम गरी मनाईदै छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार

२३ प्रहरी सम्पर्कविहीन

२०८० चैत्र १३ गते, मंगलवार