आज पूर्वी र मध्य पहाडी भूभागमा वर्षाको सम्भावना

२०७६ फाल्गुन ५ गते, सोमबार

काठमाडौं, ५ फागुन । मौसम पूर्वानुमान महाशाखाले आज देशको पूर्वी र मध्य पहाडी भू–भागमा सामान्यतया बदली रहने जनाएको छ । पूर्वी र मध्य पहाडी भू–भागका केही स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ । बाँकी भागको मौसम आंशिक बदली रहने पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंमा आज आंशिक बदलीको सम्भावना रहेको छ ।

प्रतिक्रियाहरु