आज पनि ठाउँ ठाउँमा वर्षा हुने

२०७२ असार १३ गते, आईतवार

काठमाडौ, १३ असार । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशभर पानी परिरहने भएको छ । महाशाखाका अनुसार मध्य तथा सुदूरपश्चिमका केही ठाउँमा भारी वर्षा हुनेछ भने देशभर नै दिउँसो तथा साँझसम्म पानी पर्ने छ । वर्षाले पूर्वी पहाडी भेगमा पहिरो तथा तराईमा बाढीको सम्भावना रहेको भन्दै महाशाखाले सचेत रहन आग्रह पनि गरेको छ । बंगालको खाडीबाट पानीका कणयुक्त बादल अस्तिदेखि नियमित नेपाल प्रवेश गरेपछि भारी वर्षा भइरहेको हो ।

प्रतिक्रियाहरु