आज नेपाल बन्द

२०७२ मंसिर १३ गते, आईतवार

काठमाण्डौ ,१३ मंसिर । नेकपा माओवादीले भारतको नाकाबन्दी विरुद्ध आज नेपाल बन्द गरेको छ । माओवादीले आह्वान गरेको बन्दका कारण उपत्यका सहित देशभरको जनजीवन प्रभावित भएको छ । बन्दका क्रममा शान्तिपूर्ण रुपमा प्रस्तुत हुने माओवादीले जनाएपछि सडकमा केही मात्रामा सवारी साधन भने चलेका छन् । उपत्यका बाहिरका पहाडी जिल्लाहरुमा भने बन्दको उल्लेख्य प्रभाव परेको बुझिएको छ।
यसैबीच, माओबादीका २३ जना कार्यकर्तालाई आज विहानै कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले गगनपोष्ट साप्ताहिकका पोखरा संबाददाता बिजय अधिकारीलाई पनि नियन्त्रणमा लिएको छ । आफु पत्रकार हो भन्दा भन्दैपनि प्रहरीले कुरै नसुनी नियन्त्रणमा लिएको पत्रकार अधिकारीले बताए ।
त्यस्तै पोखरा र लेखनाथमा बन्द गराउन खोज्ने २३ जनालाई नियन्त्रणमा लिईएको कास्की प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा २० जनालाई पोखराबाट र ३ जनालाई लेखनाथबाट पक्राउ गरिएको हो ।
पोखराको पृथ्बीचोकबाट १६, विपीचोकबाट ४ र लेखनाथको तालचोकबाट ३ जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखराको पृथ्वीचोकबाट पक्राउ परेका माओवादी कास्कीका सेक्रेटरी पूर्णजित पुन नेतृत्वमा रहेका १६ जना र विपी चोकबाट पक्राउ परेका चार जनालाई अञ्चल प्रहरी कार्यालय भित्र राखिएको छ । लेखनाथमा पक्राउ परेका तीन जनालाई डाडाको नाक प्रहरी चौकीमा राखिएको छ ।
पृथ्वीचोकबाट माओवादी कास्कीका सेक्रेटरी पूर्णजित पुन, गिरीधारी अधिकारी, रमेश श्रेष्ठ, सुकबहादुर विक, बिजय अकिारी, केशव भुजेल, कृष्ण सापकोटा, मनिष घिमिरे, विष्णु अधिकारी, चन्द्र विक, सन्तोष परियार, कृष्ण परियार, पूर्णसिंह परियार र पि.वि.राउत रहेको माओवादी केन्द्रीय सदस्य तथा गण्डकी ईञ्चार्ज सावित्री दुरा ‘आस्था’ले जानकारी दिईन् ।
त्यस्तै पोखराको विपी चोकबाट मिलन राई, अशोक भण्डारी, प्रवल भण्डारी र आसबिन गुरुङलाई पक्राउ परेका छन् । त्यस्तै लेखनाथबाट गोकुल पराजुली, काजिमान अधिकारी र प्राप्ती बि.क लाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बन्द खुलेपछि छाडिने प्रहरीले जनाएको छ ।
माओबादीले नेपालमा देखिएको मानविय संकट समाधानका लागि नेपाल सरकार तथा बिस्व समुदायको ध्यानाकर्षण गराउनको लागि नेपाल बन्दको आयोजना गरेको बताएको छ ।
बन्दका कारण बजारमा सवारीसाधन चलेका छैनन । शान्तीपुर्ण आन्दोलनमा प्रहरीले अनाबस्यक हस्तक्षेप गरि आफ्ना कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएर राज्यले आफ्नो हविगत देखाएको माओबादी तमुवान सेक्रेटरी आस्थाले बताईन ।
देशमा देखिएको संकट समाधान गर्न नसक्ने, सिमा क्षेत्रमा भएको गभ्भीर मानवअधिकार हननका घटनामा निरिह बनेको सरकार हामि माथि बहादुरी देखाएर आफ्नो सान बचाउन खोजेको भन्दै उनले अभिलम्व रिहा गर्न चेतावनी दिएकी छन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु