आज नेपाल बन्द , देशभरको जनजीवन प्रभावित

२०७५ श्रावण २९ गते, मंगलवार

काठमाडौं ,२९ साउन । नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको आजको नेपाल बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ । बन्दका कारण काठमाडौँ उपत्यकासहित देशभरमा शैक्षिक सस्था , कलकारखाना बन्द भएका छन । सडकमा अत्ति आवश्यकीय सवारी साधान मात्रै गुडेका छन् ।
यसैबीच काठमाडौँ, भक्तपुर, जाजरकोट, झापासहित विभिन्न स्थानहरुमा बम भेटिएका छन् । काठमाडौंको बल्खु चोकमा बम भेटिएको छ । मंगलबार बिहानै चोकमै शंकास्स्द बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले उक्त ठाउँलाई प्रहरी घेराबन्दीमा राखेको छ भने नेपाली सेनाको बम डिस्पोजल टोलि घटनास्थलमा पुगेको छ ।
भक्तपुरको लोकन्थलीमा मंगलबार बिहान लोकन्थलीमा रहेको सिद्धार्थ पेट्रोलपम्पबाट भित्र छिर्ने सर्भिस ट्रयाक रातो प्लाष्टिकको झोलाभित्र प्रेसरकुकर देखिएपछि नेपाली सेना र नेपाल प्रहरीले सुरक्षा कडा पारेका छन् । स्थानीयले उक्त कुकर बम हुन सक्ने भन्दै सुरक्षा निकायलाई खबर गरेका थिए । खबर पाएपछि नेपाली सेना र नेपाल प्रहरी घटनास्थल पुगेर बम निस्क्रिय पारेको छ ।
त्यसैगरी जाजरकोटको सदरमुकाममै बम भेटिएपछि स्थानीय त्रसित बनेका छन् ।
रुपन्देहीको सैनामैनामा एका विहानै शंकास्पद वस्तु फेला परेको छ । पुर्व पश्चिम राजमार्ग अन्र्तगत सैनामैना नगरपालिका वडा नम्बर ५ स्थित बुद्धनगरको एक पुलमा उक्त बस्तु फेला परेको हो ।
ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक दिपेश बस्याललका अनुसार विहान ४ः४५ वजेतिर उक्त शंकास्पद वस्तु कसैले राखेको बताए ।
झापाको भद्रपुर र बिर्तामोडमा बम विष्फोटका समाचार आएका छन् । झापाका सडकमा सवारी आवतजावत ठप्प छन भने सडकभरी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
उता पाल्पामा बन्दकर्ताहरुले अवज्ञा गरेको भन्दै एक ट्याक्सीमा अागजनी गरेका छन् । यसैगरी बाजुराको बडिमालिका नगरपालिका कार्यालयमा बाल्टिन बम भेटिएको बतैएको छ ।

प्रतिक्रियाहरु